काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार सुनको भाउ प्रतितोला १ हजार १०० र चाँदीको २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारका लागि सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार २०० र चाँदीको प्रतितोला २ हजार ९९० रुपैयाँ तोकिएको छ ।
अन्तरराष्ट्रिय बजारमा बुधवार सुन प्रतिऔंस ३ हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।









