काठमाडौं– बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इ्रन्डस्ट्रिजले डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो किस्ता बुझाएको छ ।

नेपाल विद्युत् प्राधिकरणलाई उक्त उद्योगले पहिलो किस्ता बिहीबार तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको उद्योगको बिजुली तत्काल जोडिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख ८३ हजार बक्यौता रहेकामा त्यसलाई २८ किस्तामा विभाजन गरिएको छ । पहिलो किस्ताबापत त्रिवेणी सिन्थेटिकले १५ लाख ७१ हजार रुपैयाँ तिरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय