धनुषा– मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

मधेश प्रदेशका यसअघिका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शनिवार राजीनामा दिएपछि उक्त पद रिक्त थियो । सोनलले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन् ।

सोनलले नियुक्तिको २५ दिनमै राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय