काठमाडौं– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी दुई थरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २ र डिजेलमा ३ रुपैयाँले भाउ बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएपछि यहाँ पनि बढाउनुपरेको निगमले जनाएको छ ।

यो निर्णयसँगै अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, वीरगन्ज, भलवारी र नेपालगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा कायम भएको छ । सुर्खेत र दाङमा पेट्रोलको मूल्य १६० रुपैयाँ पुगेको छ भने काठमाडौं, पोखरा र दिपायलमा १६१ रुपैयाँ पुगेकोछ । डिजेलको हकमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, वीरगन्ज, भलवारी र नेपालगञ्जमा १४४ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङमा १४६ रुपैयाँ तथा पोखरा र काठमाडौंमा १४७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएो छ । मट्टीतेल र डिजेलको मूल्य एउटै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय