काठमाडौं– जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ ।
प्रहरी र एमाले नेता महेश बस्नेतविरुद्ध सडकमा उत्रेका प्रदर्शनकारीबीच झडप भएपछि स्थिति बिग्रन नदिन स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
स्थानीय प्रशासनले गण्डक नहरदेखि पथलैया सडक खण्डको दायाँबायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो साढे १२ बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।
एमाले नेता महेश बस्नेत आउने थाहा पाएपछि बाराको सिमरामा जेनजी युवाहरुले विरोध प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीसँग प्रदर्शनकारीको मुठभेड भएको थियो ।









