काठमाडौं- अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।

यो क्रममा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ४७ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा ३ हजार २०० रुपैयाँ कायम भएको छ ।

सोमबार सुन प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँ र चाँदी ३ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो । एक दिनपछि सुन ५ हजार २०० र चाँदी ८५ रुपैयाँले महँगिएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औंस सुन ४ हजार १४१ र त्यति नै चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय