बैठक– नेपाली बजारमा बिहीबार पहेंलो धातु सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । बिहीबार सुनको भाउ तोलामा ३०० बढ्दा चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ८६ हजार ९०० र तेजाबी सुन प्रतितोला ८६ हजार ४५० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला ८६ हजार ७०० मा किनबेच भएको थियो ।

बिहीबार चाँदी प्रतितोला एक् हजार २३० मा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २४० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय