काठमाडौं– अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारमा सुनको भाउ निरन्तर उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि एक तोला सुनको मूल्य २ लाख ५२ हजार २०० रुपैयाँ तोकेको छ । यस दिन चाँदीको मोल पनि बढेर तोलाको ३ हजार ४९० रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँ र चाँदीको ३ हजार ३४५ रुपैयाँ तोकिएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औंस सुन ४ हजार १७५ र त्यति नै चाँदी ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









