काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी र एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको संघले जनाएको छ ।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले बृहत् एकताका लागि बधाई ज्ञापन गर्दै सबै मनोमालिन्यलाई मेटाएर संघलाई एकसूत्रीय अभियानमा लैजाने क्रममा कोसेढुंगा भएको बताइन् । उनले भनिन्, ‘भाइ फुटे गँवार लुटे भन्ने त थाहै छ, त्यसैले मिलेर जाँदा राम्रो सन्देश जान्छ फुटेर कतै पुगिन्न ।’

कार्यक्रममा सञ्चार मन्त्री जगदीश खरेलले एनआरएनलाई गैर–राजनीतिक बन्न आग्रह गर्दै एकता कागजमा मात्र नभएर मन र मस्तिष्कमा पनि कायम राख्न सुझाए ।

कार्यक्रममा अध्यक्षद्वय डा बद्री केसी र महेश श्रेष्ठले मुलुकमा फेरिएको परिस्थितिपछि विदेशमा रहेका नेपालीहरूको हक हित र अधिकारको संरक्षण तथा नेपालको समग्र समृद्धिमा योगदान पुर्याउन र विश्वभरिका गैरआवासीय नेपालीहरु एकमत रहेको सन्देश दिने उद्देश्यले बृहत् एकता गरेको स्पष्ट पारे ।

कार्यक्रममा झन्डै डेढ सय एनआरएनए प्रतिनिधिको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय