काठमाडौं– अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मोल ११० रुपैयाँले बढेर तोलाको ३ हजार ६५५ रुपैयाँ निर्धारण भएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।









