काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य ३ हजार ५५५ रुपैयाँ तोकिएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ थियो । बिहीवार चाँदीको मूल्य तोलाको ३ हजार ६२५ रुपैयाँ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार २४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय