काठमाडौं– तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई नगद लाभांश दिने भएको छ ।

मंसिर २२ मा सम्पन्न कम्पनी सञ्चालक समिति बैंठकले ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात कम्पनीले प्रस्तावित लाभांश सेयरधनीलाई वितरण गर्नेछ ।

यो कम्पनीले काठमाडौंको बौद्धमा पाँचतारे स्तरको हायात होटल सञ्चालन गरिरहेको छ । जेन जी आन्दोलनको क्रममा भदौ २४ गते तोडफोड भएपछि अहिले हायात होटल बन्द अवस्थामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय