काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले यसपटक सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको छ ।
मंसिर २४ मा सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसमा कर पनि समावेश छ ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कम्पनीले प्रस्तावित लाभांश वितरण गर्नेछ ।









