काठमाडौं– धितोपत्रको दोस्रो बजारमा सूचीकृत अधिकांश कम्पनीले लाभांश दिन नसकिरहेको अवस्थामा निर्जीवन बिमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीलाई आकर्षक लाभांश दिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसमा लाभांशमा लाग्ने कर समेत समावेश छ । यसको अर्थ सेयरधनीले कर कट्टिपछि कायम हुन आउने लाभांश पाउनेछन् ।

मंसिर २५ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कम्पनीले प्रस्तावित लाभांश वितरण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय