काठमाडौं– नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पुस १ गतेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँका दरले बढाएको छ ।
डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँ घटाएको हो ।
निगम सञ्चालक समितिको मंसिर २९ को निर्णयानुसार पुस १ गते बिहानदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्य डिजेल, मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको तथा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले बढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।









