काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिद दर १७० रुपैयाँ २० पैसा र बिक्री दर १७० रुपैयाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १९३ रुपैयाँ ९५ पैसा र बिक्री दर १९४ रुपैयाँ ७५ पैसा, स्विस फ्रयांक एकको खरिद दर १८२ रुपैयाँ र बिक्री दर १८२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०५ रुपैयाँ २० पैसा र बिक्री दर १०५ रुपैयाँ ६४ पैसा, सिंगापुर डलर एकको खरिद दर ११२ रुपैयाँ ३८ पैसा र बिक्री दर ११२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३५ पैसा र बिक्री दर ९ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिद दर २० रुपैयाँ ५६ पैसा र बिक्री दर २० रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३८ रुपैयाँ ६१ पैसा र बिक्री दर ३८ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिद दर ३९ रुपैयाँ ७६ पैसा र बिक्री दर ३९ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर ४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४ रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिद दर ३९ रुपैयाँ ४५ पैसा र बिक्री दर ३९ रुपैयाँ ६१ पैसा, मलेसियन रिंगेट एकको खरिद दर ३५ रुपैयाँ ४० पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८९ पैसा र बिक्री दर ९ रुपैयाँ ९३ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ५९ पैसा र बिक्री दर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिद दर २२ रुपैयाँ ७८ पैसा र बिक्री दर २२ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ६२ पैसा र बिक्री दर १८ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिद दर ४७२ रुपैयाँ १४ पैसा र बिक्री दर ४७४ रुपैयाँ नौ पैसा, बहराइन दिनार एकको खरिद दर ३८४ रुपैयाँ ३२ पैसा र बिक्री दर ३८५ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिद दर ३७६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३७७ रुपैयाँ ८७ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय