काठमाडौं– देशको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा (एमाले)मा केपी शर्मा ओली लगातार तेस्रोपटक अध्यक्ष निर्वाचित भएका छन् ।

पार्टीको ११औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको चुनावको मत परिणाम अनुसार ओली १ हजार ६६३ मतका साथ अध्यक्ष निर्वाचित भएका हुन् ।
नवौं र दसौं महाअधिवेशनबाट पनि ओली नै अध्यक्षमा चुनिएका थिए ।

अध्यक्षमा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको थियो । पोखरेलले ५ सय ६४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय