काठमाडौं– आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार ५०० र चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ४ हजार २५५ पुगेको छ ।
छापावाल सुन सोमबार तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य ४ हजार २३५ रुपैयाँ थियो ।
अन्तरराष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।









