
काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्सको सेयर बाँडफाँट ५ लाख ९४ हजार जनाले पाएका छन् । शुक्रबार भएको बाँडफाँटमा १२ लाख ३ हजार ८३५ जना आवेदशको हात खालि भएको छ ।
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले सेयर वितरण गर्दा ५ लाख ९४ हजार जनालाई भाग पुगेको छ । गोलाप्रथाबाट सो संख्याका आवेदकले सेयर पाएका हुन् ।
कम्पनीले गत फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर निष्कासनमा ल्याएको थियो । सोको ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कर्मचारीलाई र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेर बाँकी ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणको लागि थियो ।
कम्पनीको सेयरका लागि १८ लाख ४२ हजार ४८० आवेदन परेको थियो । त्यसमध्ये १७ लाख ९७ हजार ८३५ आवेदन स्वीकृत भएका छन् ।
सर्वसाधारणले मेरो सेयर, सिडीएससीको नयाँ वेबसाइट https://iporesult.cdsc.com.np, कम्पनीको वेबसाइट र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटमा गई सेयर परे–नपरेको हेर्न सकिने छ । तर शुक्रबार दिउँसो पौने २ बजे यो समाचार पोस्ट गर्दासम्म सिडिएससीको आइपिओ नतिजा हेर्ने वेबसाइटमा बाँडफाँटको नतिजा राखिएको छैन ।