काठमाडौं– नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारबाही गरेको छ ।

विभागले तीन वटा उद्योग तथा फर्मलाई १ लाख १० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले सम्झना अचार उद्योगलाई १० हजार, आरोहण फेसन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई ५०–५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ दफा ३८(घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १(क) बमोजिम कारबाही गरेको हो । यसैगरी अन्य १४ वटा उद्योग, फर्मलाई भने सुधारात्मक निर्देशन दिएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय