काठमाडौं– सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका नेपालीका लागि सेयर निष्कासन गरेको छ । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। बैंकले ८६ हजार १९४ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता सेयर बैंकका कर्मचारीहरुलाई सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता सयर सर्वसाधारण लगानीकर्तालाई निष्कासन गरेको हो ।

यो सेयरका लागि पुस २० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि पुस ३० गतेसम्म लम्बिने बैंकले जानकारी दिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय