काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

उक्त सभाबाट बैंक सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशतत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

साथै सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुला राख्दै पुँजीगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको बैंकले जनाएको छ ।

महालक्ष्मी बैंकले एक सय तीन शाखा तथा ३४ एटिएममार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय