काठमाडौं– केही दिनदेखि दिनदिनै रेकर्ड बनाइरहेको सुनचाँदीको मूल्य बुधबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि एक तोला सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ तोकेको छ ।
बुधबारको मूल्य मंगलबारको तुलनामा प्रतितोला १ हजार ५ सय रुपैयाँले बढी हो । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो । बुधबार चाँदीको माउ पनि उच्च दरले बढेको छ । चाँदीको मूल्य एकै दिन तोलामा ३१५ रुपैयाँले बढेको हो ।
महासंघले बुधबारका लागि चाँदीको मूल्य प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन चाँदी ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।









