काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड प्राप्त गरी शनिबारबाट कारोबार थालेको छ । दुवै बैंकका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारी सहभागी विशेष समारोहबीच सिटिजन्सका सञ्चालक समिति अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको सुरु गरेको बैंकले जनाएको छ ।

शुक्रबारसम्मको तथ्यांक अनुसार सिटिजन्सले तिनाउ मिसन प्राप्त गरेपछि निक्षेप करिब १२७ अर्ब रुपैयाँ पुगेको छ भने ऋण लगानी करिब ११३ अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ । प्राप्ति पश्चात शाखा संख्या १६६ पुगेको छ । तिनाउ मिसनका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्सको ९६ कित्ता सेयर पाउनेछन् । सिटिजन्सको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछि यो बढेर ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।

एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै सिटिजन्सका सञ्चालक समिति अध्यक्ष भण्डारीले यो प्राप्तिपछि बैंकको वित्तीय सूचक, मानव स्रोत, प्राविधिक एवं अन्य क्षमता बढ्ने बताए । मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।

त्यसैगरी तिनाउ मिसनका सञ्चालक समिति अध्यक्ष जीवनप्रसाद वझाले उक्त बैंकका ग्राहक, कर्मचारी र लगानीकर्ताको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ बढी सुरक्षित र उज्वल हुने कुरा व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्सा सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेले प्राप्तिपश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमता बढ्ने, वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमता बढेर ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो सेवा दिन सहज हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय