काठमाडौं– राष्ट्रियसभाका तीनजना सदस्यले राजीनामा दिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेको संसद्का प्रवक्ता एकराम गिरिले राससलाई बताएका छन् ।

नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन्। उनीहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय