पोखरा– मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

आज दिउँसो पक्राउ परेका प्रसाईलाई काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए। ‘उनको मुद्दा काठमाडौंमा भएकाले उतै पठाउन लागिएको हो,’ उनले भने ।

यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्युरोमा पत्राचार गरेको थियो ।

प्रसाईले केही दिनअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड रुपैयाँ बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गरेका थिए । सोही विषयमा आयोगले प्रसाईलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय