काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मंगलबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ र त्यति नै चाँदीको मूल्य ५ हजार ८८० रुपैयाँ कायम तोकेको छ ।
गत आइतबार एक तोला छापावाल सुन २ लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक तोला सुन २ लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ६९० र त्यति नै परिमाणको चाँदी ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।









