काठमाडौं– नेपालको सुनचाँदी बजारको इतिहासमै सम्भवतः पहिलोपटक सुनको भाउ एकै दिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ तोकेको हो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन छापावाल सुन २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ उच्च दरले बढेकोले नेपाली बजारमा त्यसको प्रभाव परेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ८५० अमेरिकी डलर नाघेको छ।

बुधबार चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँले महँगिएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बुधबारका लागि ५ हजार ९२० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय