काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले ३ लाख रुपैयाँभन्दा माथिको कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ९ हजार २०० र चाँदीको प्रतितोला ३२० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ४०० रुपैयाँ त्यति नै चाँदीको ६ हजार १९० रुपैयाँ कायम भएको छ ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार १०० र त्यति नै चाँदीको मूल्य ५ हजार ९२० रुपैयाँ कायम भएको थियो ।

मंगलबार एक तोला छापावाल सुनको मूल्य २ लाख ८४ हजार ७०० त्यति नै चाँदीको मूल्य ५ हजार ८८० रुपैयाँ कायम भएको थियो । गत आइतबार एक तोला सुन २ लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक तोला सुन २ लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ९६० र त्यति नै परिमाणको चाँदी ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय