काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न दर्ता गराएको उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले सर्वसाधारण मतदाता, शुभेच्छुक, विभिन्न दल र साथीहरुबाट अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह भएकोले मनोनयन फिर्ता लिने निर्णय गरेको बताएका छन् । उनले फेसबुक लाइभमार्फत उम्मेदवारी फिर्ता लिएका बताएका छन् ।

आगामी दिनमा जनताको पक्षमा लागिरहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । आफू निरन्तर देशको अग्रमनको पक्षमा र राष्ट्रिय स्वाधीनताको पक्षमा लडिरहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

डा. भट्टराईले आगामी दिनमा प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी र पुराना दलका अग्रगामी सोच राख्ने व्यक्तिहरुसँग सहकार्य गर्ने पनि प्रस्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय