काठमाडौं– नेपाली बजारमा आज (मंगलबार) पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ त्यति नै चाँदीको मूल्य ६ हजार ८७० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य सोमबार ५ हजार २०० रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेकोमा आज मंगलबार ३०० रुपैयाँले बढेको हो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ५ हजार ७३ र त्यति नै परिमाणको सेतो धातु १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









