काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव ५८ अंकले घटेर २ हजार ७२६ दशमलव ५१ को बिन्दुमा कायम भएको हो । जुन १ दशमलव ५३ प्रतिशतको गिरावट हो ।
आज विभिन्न ३३३ कम्पनीका ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर १ लाख ४२ हजार ४७६ पटक खरिदबिक्री हुँदा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ १ दशमलव ४९, विकास बैंक १, वित्त २ दशमलव ४४, होटल तथा पर्यटन १ दशमलव ९०, जलविद्युत् १ दशमलव ४१, लगानी १ दशमलव ७०, जीवन बीमा १ दशमलव ८५ र उत्पादन तथा प्रशोधन समूह १ दशमलव ४० प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूह एक दशमलव ७४, व्यापार शून्य दशमलव ५१ र अन्य समूह १ दशमलव ९७ प्रतिशतले घटेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ८ दशमलव ५६ प्रतिशतले बढेको छ । साथै ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्य ६ दशमलव ९३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सेयर राधी विद्युत् कम्पनी लिमिटेडको ५७ करोड ८५ लाख १६ हजार ७७ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । त्यस्तै, कारोबार भएका सेयर संख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको १७ लाख ८० हजार ८८८ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।









