काठमाडौं– नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपाः एप सार्वजनिक गरिएको छ। डिजिटल विज्ञहरूका अनुसार नेपाली एप्लिकेसनमध्ये आकर्षक डिजाइन, प्रयोगकर्ता–मैत्री इन्टरफेस र उच्च सुरक्षाका कारण नेपाः एप विशेष बनेको छ। स्लो इन्टरनेटमा पनि सहजै चल्ने भएकाले देश–विदेशमा रहेका नेपालीका लागि यो एप उपयोगी रहने विश्वास गरिएको छ।
नेपाः एपमा सजिलो नेपाली पात्रो (पञ्चांग) सहित उपलब्ध छ। साथै, विश्वसनीय स्रोतबाट ताजा समाचार, आफूलाई मनपर्ने विषयअनुसार समाचार पढ्ने सुविधा, जिल्लागत समाचार तथा प्रयोगकर्ताको लोकेसनका आधारमा नजिकका घटनाक्रम तुरुन्तै प्राप्त गर्न सकिने बताइएको छ ।
यस एपमार्फत देशभरका नेपाली एफएम रेडियो सुन्न सकिने छ। मनोरञ्जन र जानकारीका लागि नेपाली भिडियो तथा रिल्स पनि समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई एउटै प्लेटफर्ममा समाचार, सूचना र मनोरञ्जनको अनुभव दिन्छ।
डिजिटल युगमा नेपाली भाषामा भरपर्दो सामग्री खोज्ने प्रयोगकर्ताका लागि नेपाः एप एक प्रभावकारी समाधानका रूपमा आएको दाबी यसका विकासकर्ताको छ। एप सरल, छिटो र सुरक्षित भएकाले सबै उमेर समूहका प्रयोगकर्ताले सजिलै प्रयोग गर्न सकिने बताइएको छ । नेपाः एप अहिले नै डाउनलोड गरेर नेपाली समाचार, रेडियो र डिजिटल सामग्रीको सहज अनुभव लिन सक्ने बताइएको छ ।









