काठमाडौं– नेपाली बजारमा एकै दिनमा सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको छ । योसँगै सुनको मूल्यले कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीवारका लागि एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ तोकेको हो । त्यति नै चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ कायम भएको छ ।

बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० र त्यति नै चाँदीको मूल्य ७ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, गत मंगलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ९ हजार ३०० त्यति नै चाँदीको मूल्य ६ हजार ८७० रुपैयाँ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ५ हजार ५६० र त्यति नै परिमाणको चाँदी १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय