काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ र त्यति नै चाँदीको मूल्य ७ हजार ६५ रुपैयाँ कायम भएको छ ।
बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ कायम भएको थियो । बिहीबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेको थियो ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल ७ हजार ३०० रुपैयाँ कायम भएको थियो । मंगलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ त्यति नै चाँदीको मूल्य ७ हजार ८७० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ५ हजार ५३७ रुपैयाँ र त्यति नै परिमाणको चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









