काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नता बालेन्द्र शाह (बालेन)सँगै अछाम पुगेका नुवाकोटका दिनेश सिटौला एक्कासि बेहोस भएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमााडैं ल्याइएको छ ।

नुवाकोटका ४३ वर्षीय सिटौला शुक्रबार बिहान गाडीबाट ओर्लने क्रममा एक्कासि बेहोस भएका थिए । घटना शुक्रबार बिहान पौने १० बजेतिरको हो ।

स्थानीय चिकित्सकको सल्लाहमा उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष समेत हुन्।

अछाम प्रहरीका अनुसार गाडीबाट ओर्लने क्रममा बिहान सिटौला एकाएक लडेर बेहोस भएका थिए। अछामका प्रहरी प्रमुख डिएसपी ओमप्रसाद खनालले सिटौलाको शरीरमा देखिने चोटपटक छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय