काठमाडौं– नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख र त्यति नै परिमाणको चाँदीको ५ हजार ५०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० र चाँदीको मूल्य ७ हजार ६५ रुपैयाँ कायम भएको थियो । बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मूल्य हजार ५०५ रुपैयाँ थियो ।

त्यसैगरी, गत बुधबार एक तोला छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ८०० र त्यति नै चाँदी ७ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ८६५ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय