काठमाडौं– बालेन्द्र (बालेन) शाहको चुनाव प्रचार अभियानमा सहभागी भइरहेका बेला अछाममा बेहोस भएका चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ ।

ग्रान्डी अस्पतालले आइतबार दिउँसो विज्ञप्ति जारी गरी उनको आज दिउँसो १२ः४५ बजे निधन भएको जानकारी दिएको हो ।

सिटौला शुक्रबार अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेनको चुनाव प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।

उनलाई हेलिकप्टरमा काठमाडौं ल्याएर ग्रान्डीमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय