काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मंगलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १४ हजार ४०० र चाँदीको ६५ रुपैयाँले मूल्य बढेको हो ।

महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ६०० रुपैयाँ तोकेको छ । मंगलबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ३३५ रुपैयाँ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ५ हजार ५८ र त्यति नै परिमाणको चाँदी ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय