काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता भोजप्रसाद भट्टराईको आज बिहान ९७ वर्षको उमेरमा काठमाडौंस्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको भट्टराईकी छोरी मानुषी यमी भट्टराईलाई उद्धृत गर्दै राससले समाचार सम्प्रेयषण गरेको छ ।
मानुषीले राससलाई भनेकी छिन्, ‘हजुरबुवा ९६ वर्ष पूरा भई ९७ वर्षमा प्रवेश गर्नुभएको थियो । उहाँको आज बिहान स्वर्गारोहण भएको छ ।’
भोजप्रसादको शव बिहीबारै पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गर्रिको छ । स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन् ।
डा. बाबुराम भट्टराइको सचिवालयले पनि भोजप्रसादको निधन पुष्टि गरेको छ ।









