काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ७१० रुपैयाँ कायम भएको छ ।

बिहीबार सुनको मूल्य २ लाख ९५ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९८० रुपैयाँ कायम भएको थियो । गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

गत मंगलबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मोल ५ हजार ३३५ रुपैयाँ कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ८२८ र त्यति नै परिमाणको सेतो धातु ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय