मलेखु (धादिङ)– थाक्रे गाउँपालिकास्थित महादेवबेंसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
काठमाडौंबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौं जाँदै गरेको प्रदेश३–०१००६ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए ।
दुर्घटनामा एक जनाको मृत्यु भएको र मृतकको पहिचान नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिनुभयो ।
ठक्करपछि बस अनियन्त्रित भई सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुग्दा एक व्यक्तिको मृत्यु भएको उनले जानकारी दिदिए ।
सोही पसलमा चिया पिउन लागेका धादिङ धुनिबेसी नगरपालिका–९, स्याउलेका ३५ वर्षीय सुजन तामाङको मृत्यु भएको हो ।
पसल नजिकै टिपर रोकेर चिया पिउन बसेका तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।









