काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बिन्दुले गिरावट आएको छ । यस दिन सुन तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार छापावाला सुन ८६ हजार र तेजाबी सुन प्रतितोला ८५ हजार ५५० मा कारोबार भइरहेको छ ।

मंगलबारको बजारमा सुन तोलामा २०० ले बढेर प्रतितोला ८६ हजार ५०० मा किनबेच भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २१५ मा किनबेच भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय