काठमाडौं– मंगलबार सेयर बजार दोहारो अंकले बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२.१५ अंकले बढेर दुई हजार ५७५.६६ अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकममा पनि सोमबारको तुलनामा मंगलबार वृद्धि भएको छ ।

यस दिन कारोबार रकम ६ अर्ब नाघेको छ । सोमबार चार अर्ब ४१ करोड बराबरको सेयर कारोबार भएको थियो । दिनभर २०९ कम्पनीका एक करोड २२ लाख ९ हजार ९ सय ७६ कित्ता सेयर किनबेच भएका छन् । मंगलबार ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४९८ कारोबार रकम पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेमा कारोबार हुने व्यापार र उत्पादन समूहको सबइन्डेक्स भने घटेका छन् भने बाँकी सबै समूहमा हरियाली छाएका छन् ।

मंगलबार धेरै कमाउनेमा वोमी माइक्रोफाइनान्स पहिलो स्थानमा रह्यो । यस कम्पनीका लगानीकर्ताको सेयर सम्पत्ति ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै, यूनाइटेड इदी मार्दी आरबी हाइ«डोका लगानीकर्ता सबैभन्दा बढी गुमाएका छन् । यस दिन उनीहरुको सेयर सम्पत्ति ५.३३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय