काठमाडौं– पोखराबाट काठमाडौं आउँदै गरेको एउटा यात्रुबाहक बस मध्यरातमा त्रिशूली नदीमा खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । २५ जनाको घाइते अवस्थामा उद्धार गरिएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले जानकारी दिए । उक्त बसमा ४६ जना यात्रु रहेको अनुमान छ ।

ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट करिब ३०० मिटर तल त्रिशूली नदीमा खसेको हो । घटनास्थलमा खोज तथा उद्धार जारी रहेको न्यौपानेले जानकारी दिए ।

सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धार गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थल पुगिसकेको छ । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको छ ।

मृतक र घाइतेहरुको सनाखत हुन बाँकी छ । मृतकसंख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय