काठमाडौं– सोमबार मध्यरातमा धादिङ चरौंदी नजिक भएको यात्रु बस दुर्घटनामा घाइते हुनेको संख्या २८ पुगेको छ । १८ जनाको मृत्यु भइसकेको घटनास्थलमा रहेका धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै सडकबाट करिब ३०० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो । घटनास्थलमा खोज तथा उद्धार जारी छ ।
सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धार गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा छ । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको छ ।
मृतक र घाइतेहरुको सनाखत हुन बाँकी छ ।









