काठमाडौं– आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल ५ हजार ५८५ रुपैयाँ निर्धारण भएको छ । सोमबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १३ हजार ५०० र एक तोला चाँदीको मोल ५ हजार ५९५ रुपैयाँ थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ५ हजार ७८ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा हाराहारीमा कारोबार भइरहेको छ ।









