काठमाडौं– मंगलबार राति ८ बजेबाट केही समय मेरो सेयरको सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले मंगलबार एक सूचना जारी गर्दै डाटा माइग्रेसन गर्न लागेकाले मेरो सेयरको सेवा केही बेर अवरुद्ध हुने जानकारी गराएको हो ।
पछिल्लो समय सेवाग्राहीको चाप बढेसँगै मेरो सेयरमा विभिन्न प्राविधिक समस्या देखिँदै आएको छ । सो समस्या समाधान गर्न डाटा माइग्रेसन गर्न लागेको कम्पनीले जनाएको छ ।
डाटा माइग्रेसनका क्रममा मेरो सेयर नचल्दा सेयर बिक्रेताले गर्नुपर्ने ई–डिआइएस प्रविष्टि समेत अवरुद्ध हुने हुँदा मंगलबारको सेयर कारोबारको ई–डिआइएस प्रविष्टि गर्नुपर्ने समय पनि कम्पनीले थप गरेको छ ।

कम्पनीका अनुसार चैत १६ गते कारोबार भई चैत १८ गते राफसाफ तथा फर्स्योट हुनुपर्ने किनबेचको ई–डिआइएस प्रविष्टि गर्नुपर्ने समय १८ गते बिहान १० बजेसम्म कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय