काठमाडौं– इरानले आफ्ना सर्वोच्च नेता आयातोल्लाह खामेनी शनिबार बिहान सबेरै मारिएको पुष्टि गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलले उनी मारिएको दाबी गरे पनि इरानी अधिकारीहरुले अस्वीकार गरेका थिए ।
इरानको फार्स समाचार एजेन्सीले सर्वोच्च नेताको हत्या सम्बन्धी थप विवरण दिएको छ। उक्त समाचार संस्थाका अनुसार, खामेनी शनिबार बिहान सबेरै आफ्ना ‘निर्धारित जिम्मेवारीहरू निर्वाह गरिरहेका बेला’ कार्यालयमै मारिएका थिए।
फार्सले खामेनीको हत्या पश्चात सरकारले ४० दिनको सार्वजनिक शोक घोषणा गरेको जनाएको छ। यसका साथै सात दिनको सार्वजनिक बिदा पनि घोषणा गरिएको छ।









