काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

बुधबार नेप्सेमा आरम्भ चौतारी लघुवित्त र उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले आरम्भ चौतारी लघुवित्तको ८.८५ प्रतिशत बोनस सेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । मूल्य समायोजनपछि लघुवित्तको सेयर मूल्य एक ५३१ निर्धारण गरेको छ ।

त्यसैगरी, नेप्सेले उन्नती सहकार्य लघुवित्तको १७.८१ प्रतिशत बोनस सेयर समायोजन गरेको छ । समायोजनपछि लघुवित्तको सेयर मूल्य दुई हजार ३१७ तोकेको छ ।

नेप्सेले अघिल्लो कारोबारको अन्तिम मूल्यका आधारमा यी दुई कम्पनीको मूल्य समायोजन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय